बैंक अफ काठमाण्डुको साढे ६१ लाख कित्ता सेयर लिलामीमा

बिहीवार, मंसिर ७, २०७४ साल,
काठमाडौं । नेपाल धितोपत्रबोर्डबाट बैंक अफ काठमाण्डुले संस्थापक सेयर बोलकबोलमा बिक्री गर्ने अनुमति पाएको छ ।

साथै बैंकले संस्थापक सेयर लिलामीका लागि नबिल इन्भेष्टमेण्ट बैंकिंगलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

बैंकले संस्थापक र सर्वसाधारणको सेयर अनुपात ५१:४९ बनाउन संस्थापक सेयर बिक्री गर्न लागेको हो ।

बैंकको ६१ लाख ५८ हजार ६७ कित्ता सस्थांपक सेयर लिलाम बढाबढ गरि सर्वसाधारणलाई बिक्री गर्न लागेको हो । यस सम्बन्धमा केही दिनमा नै सार्वजनिक सूचना निकालिने बैंकले जनाएको छ ।

बैंकले संस्थापक तथा सर्वसाधारण शेयरधनीको पूँजी संरचना ५१ः४९ प्रतिशत कायम गर्नको लागि संस्थापक एफपिओ बिक्रीको योजना अघि सारेको थियो ।

धितोपत्र बोर्डले कानूनी व्यवस्था नभएको भन्दै बैंक अफ काठमाण्डूलाई थप नयाँ संस्थापक सेयर अर्थात एफपिओे जारी गर्न रोक लगाउदै लिलामी प्रक्रियामा जान निर्देशन दिएको थियो ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411