नेप्से परिसुचक ८ अंकले बढ्यो, कारोबार रकममा सुधार हुन सकेन

बुद्धबार, मंसिर ६, २०७४ साल,
काठमाडौं । बुधबार पनि नेप्से परिसुचक उकालो लागेको छ । मंगलबार ३ अंकले माथि चढेको नेप्से बुधबार ८ दशमलव ०२ अंकले बढेर एक हजार ४ सय ८० दशमलव २६ को बिन्दुमा कारोबार बन्द भएको छ ।

परिसुचक उकालो लागेपनि कारोबार रकममा भने खासै सुधार हुन सकेको छैन् । मंगलबार ३५ करोड रुपैयाँको शेयर खरिदबिक्री भएको बजारमा बुधबार १५९ कम्पनीको ३४ करोड ८२ लाख ८३ हजार ३५२ रुपैयाँको शेयर किनबेच भएको छ । यसअघि सोमबार ३९ करोड र आइतबार ४५ करोड ५२ लाख रुपैयाँको शेयर किनबेच भएको थियो ।

कारोबार भएका १५९ कम्पनीमध्ये सांग्रिला डेभलपमेन्ट बैंक संस्थापक शेयरको सबैभन्दा बढी २ करोड ६५ लाखभन्दा बढीको शेयर किनबेच भएको छ । त्यस्तै नेपाल दुरसञ्चार कम्पनीको २ करोड २० लाखभन्दा बढी रुपैयाँको, एभरेष्ट बैंक, प्रभु बैंकको संस्थापक शेयर, बुटवल पावर कम्पनी र नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको एक करोडमाथिको शेयर खरिदबिक्री भएका छन् ।

कारोबारमा आएका दश समूहमध्ये फाइनान्स र अन्य बाहेकका छ समूह उकालो लागेका छन् । जसमध्ये बैंकिङ समूह ७ दशमलव ६३ अंकले, बीमा समूह ५५ दशमलव ७२ अंकले, होटल ३५ दशमलव ५६ अंकले, जलविद्युत २० दशमलव ५१ अंकले, विकास बैंक ६ दशमलव ७८ अंकले र लघुवित्त समूह ६ दशमलव ६ अंकले बढेका छन् । त्यस्तै घट्ने दुई समूहमध्ये फाइनान्स शुन्य दशमलव १६ अंकले, अन्य शुन्य दशमलव ८६ अंकले घटेका छन् ।

यसदिन सर्वाधिक कमाउनेमा ग्रीन डेभलपमेन्ट बैंकका लगानीकर्ता रहेका छन् । यो कम्पनीको शेयर मूल्य ९ दशमलव ८६ प्रतिशतले बढेको छ । आज सबैभन्दा बढी गुमाउनेमा भने सिर्जना फाइनान्सका शेयरधनी रहेका छन् । यो कम्पनीको शेयरको मूल्य ५ दशमलव ४९ प्रतिशतले घटेको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411