डिम्याट खोल्नेको संख्या साढे ९ लाख, एनआरएनएले पनि खाता खोले

मंगलवार, मंसिर ५, २०७४ साल,
काठमाडौं । केन्द्रीय निक्षेप प्रणाली (सीडीएससी)मा आबद्ध भई डिम्याट (हितग्राही) खाता खोल्नेको संख्या ९ लाख ५४ हजार ५ सय ७१ जना पुगेको छ । केन्द्रीय निक्षेप प्रणाली (सीडीएससी)ले सन् २०१२ देखि धितोपत्र कारोबारलाई अभौतिकिरण गर्ने क्रममा डिम्याट खाता खोल्न शुरु गरेको थियो ।

डिम्याट खोल्नेमा ३१ वर्षदेखि ४५ वर्ष उमेर समूहका सबैभन्दा धेरै देखिएका छन् । यस उमेर समूहमा ३ लाख ३२ हजार ९ सय २८ जनाले खाता खोलेको सीडीएससीको तथ्यांकमा देखिएको छ । त्यस्तै ४६ देखि ५५ उमेर समूहमा १ लाख ४३ हजार ८ सय २८ जना, १८ देखि ३० उमेर समूहका २ लाख ४९ हजार १ सय ५९ जना रहेका छन् भने १८ वर्षभन्दा कम उमेर समूहमा १ लाख ७ हजार २७ जना डिम्याट खाता खोल्ने रहेका छन् ।

त्यस्तै ५५ वर्षभन्दा माथिका उमेर समूहका १ लाख २० हजार ९ सय ६८ जना छन् । ८७ जना डोल्पाबासीले पनि डिम्याट खोलेका छन् भने सबैभन्दा धेरै काठमाडौंबासीले ३ लाख ५६ हजार ७ सय ६८ जनाले डिम्याट खाता खोलेका छन् ।

डिम्याट खाता खोल्नेमा महिलाहरुको संख्या कुल संख्याको ४१ प्रतिशत खाता रहेको छ । डिम्याट खाता खोल्ने महिला ३ लाख ९१ हजार ३२ जना पुगेका छन् । पुरुषको संख्या भने ५ लाख ६० हजार ३ सय ७९ रहेको छ । त्यस्तै संस्थागत रुपमा डिम्याट खाता खोल्नेको संख्या ३ हजार १ सय ६० रहेको छ ।

सरकारले गैरआवासीय नेपालीलाई नेपालको धितोपत्र बजारमा कारोबार गर्ने कानुनी बाटो खोलेसँगै उनीहरूले पनि कारोबार गर्न आवश्यक डिम्याट खाता खोल्न थालेका छन् । गत आर्थिक वर्षको अन्त्यसम्ममा ५ जना गैरआवासीय नेपालीले पनि डिम्याट खाता खोलेको सीडीएससीको तथ्यांकमा उल्लेख छ । जसमा मस्कोबाट १, सिड्नी १, रेडमोन्ड २ र लामवेथ १ जना रहेका छन् ।

यता केन्द्रीय निक्षेप प्रणालीले भने दुईभन्दा बढी हितग्राही ९डीम्याट० खाता हुने लगानीकर्तालाई कडाई गर्दै ३५ दिनभित्र त्यस्ता खाता भए बन्द गर्न निर्देशनसमेत दिएको छ । सीडीएससीले खाता बन्द गर्दा लाग्ने सबै शुल्कसमेत नलिने व्यवस्था गरेको थियो ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411