एक अर्ब २० करोड रुपैयाँको सानिमा इक्वीटी फण्डको आवेदन मंसिर १२ गतेबाट खुल्ने

सोमबार, मंसिर ४, २०७४ साल,
काठमाडौं । सानिमा बैंकको सहायक कम्पनी सानिमा क्यापिटलले ल्याएको एक अर्ब २० करोड रुपैयाँको ’सानिमा इक्विटी फण्ड’ मा मंसिर १२ गतेबाट आवेदन खुल्ने भएको छ ।

लगानीकर्ताले प्रति इकाई १० रुपैयाँ अंकित मूल्य रहेको यस योजनामा न्यूनतम १०० इकाई देखि २४ लाख इकाईसम्मका लागि आवेदन दिन सक्नेछन् ।

यस योजनाले १ करोड ८० लाख वा कुल विक्री भएको इकाई संख्याको १५ प्रतिशत कोष प्रबद्र्धक सानिमा बैंक लिमिटेडका लागि सुरक्षित राखि बाँकी १० करोड २० लाख इकाई सार्वजनिक रुपमा निष्कासन गर्न लागेको हो ।

उक्त फण्डमा छिटोमा मंसिर १५ गते तथा ढिलोमा मंसिरमा २६ गतेसम्म आवेदन दिन सकिनेछ । आश्वा प्रणालीको सदस्य रहेका सबै बैंक तथा वित्तिय संस्थाहरुबाट सानिमा इक्वीटी फण्डमा लगानी गर्न सकिने व्यवस्था गरिएको छ ।

इकाइको निष्काशनको क्रममा मागभन्दा बढी आवेदन परेमा २५ प्रतिशतसम्म कोषको आकार बढाउन सकिने नीतिगत व्यवस्था छ ।

कोषमार्फत संकलित अधिकांश रकम सेयरबजारमा लगानी गरिने क्यापिटलले जनाएको छ । क्यापिटलका अनुसार ८० देखि ९० प्रतिशत लगानी सेयरमा हुनेछ भने बाँकी लगानी निक्षेप लगायतका अन्य वित्तीय उपकरणमा हुनेछ ।

सानिमा बैंकको प्रवद्र्धन र सानिमा क्यापिटलको सञ्चालन रहने ‘सानिमा इक्विटी फण्ड’ पहिलो सामूहिक लगानीकोष योजना हो ।

 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411