दुई भन्दा बढी डिम्याट खाता संचालन गर्ने हितग्राहीको खाता रोक्का हुने

बिहीवार, कार्तिक ३०, २०७४ साल,
काठमाडौं । केन्द्रिय निक्षेप प्रणाली (सिडिएससि) ले दुई भन्दा बढी डिम्याट खाता संचालन गर्ने हितग्राहीको सम्पूर्ण खाताहरु रोक्का गर्ने चेतावनी दिएको छ ।

सिडिएससीले अबको एक महिनाभित्र दुई भन्दा बढी डिम्याट खाता संचालन गरिहेका हितग्राहीले खाता बन्द नगरे सबै खाता रोक्का गर्ने बताएको हो ।

नेपाल धितोपत्र बोर्डले गत असार ११ गते दुई भन्दा बढी खाता संचालन गरेका हितग्राहीको खाता बन्द गराउन सिडिएससिलाई निर्देशन दिएको थियो । सिडिएससिले कात्तिक २६ गते सूचना प्रकाशितगरी ३५ दिनभित्र दुई भन्दा बढी खाता प्रयोग गरिहेका हितग्राहीलाई खाता बन्द गर्न भनेको छ ।

तर लगानी व्यवस्थापनमा सहभागी भएका लगानीकर्ताको हकमा लगानी व्यवस्थापनमा सहभागी हुनका लागि दुई भन्दा बढी डिम्याट खाता खोल्न भने पाउनेछन् । अन्यको ग्राहकले बढीमा दुई डिम्याट खाता खोल्न सक्ने व्यवस्था गरिएको छ ।

दुई भन्दा बढी खाता संचालन गरिरहेका हितग्राहीहरुले आफ्नो सम्पूर्ण धितोपत्रहरु अब उप्रान्त कायम रहने कुनै दुई वटा खातामा हस्तान्तरण गरि अन्य खाता बन्द गराउनु पर्नेछ ।

साथै दुई भन्दा बढी हितग्राही खाता रहेका लगानीकर्ताले एक महिना भित्र सो खाता बन्द गरिसक्नु पर्नेछ । एक महिनाभित्र दुई भन्दा बढी खाता संचालन गर्ने हितग्राहीले खाता बन्द नगराए सम्पूर्ण खाताहरु रोक्का राख्ने चेतावनी समेत दिएको छ ।


 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411