अब विद्युतको महसुल आइएमई पे मार्फत पनि तिर्न सकिने

बुद्धबार, कार्तिक २९, २०७४ साल,
काठमाडौं । विद्युत् महसुल वापतको रकम अबदेखि आईर्एमई पेबाट भुक्तान गर्न सकिने भएको छ । देश विदेशमा रहनु हुने सबैले यस्तो सेवामार्फत विद्युत् महसुल भुक्तान गर्न सक्ने व्यवस्था मिलाईएको छ ।

नेपाल बिद्युत प्राधिकरणले भर्खरै अनलाइन बिल भुक्तानी सेवा शुभारम्भ गरेको हो । यसले आम सेवाग्राहीहरूलाई बिल भुक्तानीका लागि लामो लाइन बस्नुपर्ने झन्झटबाट मुक्त गरेको छ भने सेवाग्राहीहरूको समय पनि बचत गर्नेछ ।

नेपाल बिद्युत प्राधिकरणले अहिले उपत्यकाभित्रका सबै शाखाहरुको महसुल संकलन अनलाइन पद्वतीबाट गर्न सुरु गरिसकेका छ ।

प्राधिकरणका कर्मचारीहरुले मिटर रिडिङ गर्दा उपलब्ध गराएको बिलका आधारमा आफुलाई पायक पर्ने आईएमई एजेण्ट आउटलेटमार्फत नेपाल विद्युत प्राधिकरणको अनलाइन बिल भुक्तान सेवा लिन सकिन्छ ।

आईएमई पे डाउनलोड गरेका सेवाग्राहीहरूले यस्तो सेवा आफ्नै मोबाइलबाट सजिलै लिन सकिने व्यवस्था मिलाईएको छ ।

मोबाईल एप्लिकेसनबाट बिजुलीको बिल भुक्तानगर्ने व्यवस्था आइएमई पे ले ‘पे पोइन्ट’ को सहकार्यमा गरेको हो ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411