आशा लघुवित्त संस्थाले ३ करोडको आईपीओ निष्कासन गर्ने

बुद्धबार, कार्तिक २९, २०७४ साल,
काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।

कम्पनीले कुल जारी पुँजीको ३० प्रतिशत अर्थात ३ करोड रुपैयाँ बराबरको ३ लाख कित्ता आईपीओ निष्कासन गर्ने भएको हो ।

जसका लागि कम्पनीले आगामी मंसिर २३ गते हुने प्रथम वार्षिक साधारणसभामा आईपीओ निष्कासनको प्रस्ताव लग्ने भएको छ । साधारण सभाले आईपीओ निष्कासनको अख्तियारी सञ्चालक समितिलाई दिएपछि निष्कासनको प्रक्रिया अघि बढ्ने छ ।

राष्ट्रिय स्तरको यो लघुवित्त संस्थाको जारी पुँजी १० करोड रुपैयाँ रहेको छ । संस्थापक ७० प्रतिशत स्वामित्व हुने गरी लगानी संरचना तयार पारिएको छ

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411