नेप्सेमा सबै परिसुचकमा हरियाली छाउँदा ७५ करोडको शेयर किनबेच

मंगलवार, कार्तिक २८, २०७४ साल,
काठमाडौं । मंगलबार नेप्से परिसुचक २५ दशमलव १४ अंकले बढेर एक हजार ५ सय १६ दशमलव ०२ अंकको बिन्दुमा पुगेर बजार बन्द भएको छ ।

साताको सुरुवातदेखि नै उकालो लागेको शेयर बजार परिसुचक लगातार तेस्रो दिन पनि बढेको छ । नेप्से परिसुचकसँगै मंगलबार शेयर कारोबार रकममा समेत वृद्धि भएको छ ।

लगातार बजार दोहोरो अंकले बढ्न थालेपछि शेयर खरिदबिक्रीको क्रम पनि बढेको छ । मंगलबार नेप्सेमा १६५ कम्पनीको ७५ करोड ११ लाख ६७ हजार एक रुपैयाँको शेयर किनबेच भएको छ । सोमबार ७१ करोड ४६ बराबरको शेयर किनबेच भएको थियो ।

मंगलबार कारोबारमा आएका दशै समूह सकारात्मक रहेका छन् । जसमध्ये बीमा समूह सबैभन्दा बढी ११२ दशमलव ७३ अंकले बढेको छ । त्यस्तै लघुवित्त समूह ५८ दशमलव ८५ अंकले, उत्पादन तथा प्रशोधन समूह ५६ दशमलव ७३ अंकले, जलविद्युत समूह ५५ दशमलव ३७ अंकले, विकास बैंक समूह २७ दशमलव ९५ अंकले, बैंकिङ २१ दशमलव ६१ अंकले, होटल समूह १० दशमलव ७५ अंकले, अन्य ६ दशमलव ९४ अंकले र ट्रेडिङ समूह शुन्य दशमलव ८५ अंकले बढेका छन् ।

आज सबैभन्दा बढी चिलिमे हाइड्रोपावको शेयर किनबेच भएको छ । यो कम्पनीको ६ करोड रुपैयाँको शेयर किनबेच भएको हो । त्यस्तै प्रभु बैंकको संस्थापक शेयर पनि ३ करोड ४७ लाख रुपैयाँको शेयर किनबेच भएको हो ।

यसदिन सर्वाधिक कमाउनेमा विजय लघुवित्तका लगानीकर्ता रहेका छन् । यो कम्पनीको शेयर मूल्य ९ दशमलव ८३ प्रतिशतले बढेको छ । त्यस्तै कर्णाली विकास बैंकका लगानीकर्ता ९ दशमलव ६८ प्रतिशतले बढेको छ ।

आज सबैभन्दा बढी गुमाउनेमा भने सगरमाथा इन्स्योरेन्सका शेयरधनी रहेका छन् । यो कम्पनीको शेयरको मूल्य ५ दशमलव ९७ प्रतिशतले घटेको छ । बजार २५ अंकले वृद्धि हुँदा १५ कम्पनीका लगानीकर्ताले गुमाएका छन्, भने १५० कम्पनीका शेयरधनीले कमाएका छन् ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411