सपोर्ट माइक्रोफाइनान्सको आईपीओ बाँडफाँड, कसलाई कति पर्यो ?

बुद्धबार, कार्तिक २२, २०७४ साल,
काठमाडौं । सपोर्ट माइक्रोफाइनान्सको साधारण सेयर आज बाँडफाँड भएको छ । कम्पनीले निष्काशन गरेको १ लाख ८० हजार कित्ता साधारण सेयर बुधबार बाँडफाँड गरिएको हो । सेयर माग गरेकामध्ये ज्यादै न्युन आवेदकले मात्र १० कित्ता सेयर पाएका छन् ।
 
माइक्रोफाइनान्सको साधारण सेयरका लागि २ लाख ३७ हजार ६ सय १७ वटा आवेदन परेको थियो । जसमा २ हजार ३ सय ९६ आवेदन रद्ध भएका छन् । बाँकी रहेका २ लाख ३५ हजार २ सय ४८ आवेदनलाई मात्र सेयर बाँडफाँड प्रकृयामा सहभागि गराइएको छ ।

माइक्रोफाइनान्सको सेयर सेयर १६ हजार ७ सय ४० जनाले प्राप्त गरेका छन् । उनीहरुलाई १० कित्ताका दरले सेयर बाँडफाँड गरिएको हो ।

लघुवित्तको १ लाख ८० हजार कित्ता मध्ये कर्मचारीलाई २ प्रतिशत तथा सामुहिक लगानी कोषहरुलाई ५ प्रतिशत सेयर छुट्याइएको थियो । बाँकी रहेको १ लाख ६७ हजार ४०० कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन भएको थियो ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411