उदयपुर सिमेन्ट उद्योगले तीन महिनामै ५१ करोडको सिमेन्ट बेच्यो

बिहीवार, कार्तिक ९, २०७४ साल,
गाईघाट। देशकै ठूलो र सरकारी स्वामित्वमा रहेको जलजलेस्थित उदयपुर सिमेन्ट उद्योगले तीन महिनाभित्र ५० करोड रुपैयाँ बराबरको सिमेन्ट बिक्री गरेको छ।
 
साउनको पहिलो हप्तादेखि अहिलेसम्म उद्योगले छ लाख २० हजार बोरा सिमेन्ट बिक्री गरेको छ। अहिलेसम्मकै अत्यधिक सिमेन्ट बिक्री गर्न सफल भएको उद्योगका महाप्रबन्धक सुरेन्द्र पौडेलले बताए।
 
गैँडा छाप सिमेन्टको माग अत्यधिक बढेर जाँदा बिक्री र माग धान्नै गाह्रो भएको उनले जानकारी दिए। अहिले उद्योगबाट उत्पादित गैँडाछाप सिमेन्टको मूल्य प्रतिबोरा ८२९ रुपैयाँ छ। उद्योगले दैनिक ६०० मेट्रिक टन सिमेन्ट उत्पादन गर्दै आएको छ। रासस

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411