तिहारपछिको पहिलो कारोबारः नेप्से परिसुचक सकारात्मक

आईतवार, कार्तिक ५, २०७४ साल,
काठमाडौं । तिहारपछिको पहिलो कारोबार दिनमा नेप्से परिसुचक सकारात्मक देखिएको छ । आज नेप्से परिसुचक ३ दशमलव ५७ अंकले बढेर एक हजार ५ सय ७१ दशमलव ९२ को बिन्दुमा बजार बन्द भएको छ ।

आइतबार कारोबारमा आएका ८ समूह माध्ये ३ समूह घटेका छन् भने ५ सूचक सकारात्मक रहेपछि समग्र बजार उकालो लागेको हो । नेप्से परिसुचक उकालो लागेपनि आज कारोबार रकममा भने गिरावट आएको छ ।

तिहारअघिको अन्तिम कारोबार बुधबार ४३ करोड २५ लाख ५ हजार ४० रुपैयाँका कारोबार भएको बजारमा आइतबार १४६ कम्पनीको ३६ करोड ९३ लाख ८८ हजार ८ सय ६६ रुपैयाँको शेयर खरिद बिक्री भएका छन् । कारोबार रकम बुधबारभन्दा ८ करोडले कमी आएको हो ।

यद्यपी दशैंपछिको अर्को महत्वपूर्ण चाड तिहारकै मुडमै लगानीकर्ता भएकाले खरिद चाप नपरेपछि कारोबार रकम भने बढ्न नसकेको ब्रोकरहरुले बताएका छन् ।

आइतबार चिलिमे हाइड्र पावरको शेयर सबैभन्दा बढी कारोबार भएको छ । कम्पनीको ४ करोड ८६ लाख रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको हो । त्यस्तै बुटवल पावरको २ करोड ३९ लाखमाथिको शेयर किनबेच भएको छ ।

आज अरुण कावेलीका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । यो कम्पनीको शेयर मूल्य ६ दशमलव ६९ प्रतिशतले बढेको छ । त्यस्तै जेविल्स फाइनान्सको शेयर मूल्य ५ दशमलव ८० प्रतिशतले शेयर मूल्य बढेको छ ।

तिहारपछिको पहिलो कारोबारका दिन सर्वाधिक गुमाउनेमा भने सिन्धु विकासका लगानीकर्ता रहेका छन् । यो कम्पनीको शेयरमूल्य ६ प्रतिशतले घटेको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411