गुराँस लघुवित्तले एक करोड ८० लाख रुपैयाँको आईपीओ जारी गर्ने

आईतवार, कार्तिक ५, २०७४ साल,
काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्थाले चुक्ता पूँजी बढाएर सर्वसाधरणमा एक करोड ८० लाख रुपैयाँको एक लाख ८० लाख हजार कित्ता आईपिओ जारी गर्ने प्रस्ताव दोस्रो साधारण सभामा राखेको छ ।

धनकुटामा केन्द्रिय कार्यालय रहेको १० जिल्ला कार्यक्षेत्र रहेको गुँरासले ६ करोडको ३० प्रतिशत साधारण सेयर सर्वसाधारणमा जारी गर्ने विशेष प्रस्ताव गरेको हो ।

लघुवित्तले कात्तिक २२ गते होटल प्यासिफिक, धनकुटामा साधारणसभामा बोलाएको छ । सभामा संस्थाको जारी पूँजी ४ करोडबाट वृद्धि गरेर ६ करोड पुर्याउने, संस्थाको हाल रहेको चुक्ता पूँजी २ करोड ८० लाख रुपैयाँको ५० प्रतिशत हकप्रद जारी गरि चार करोड २० लाख रुपैयाँ चुक्ता पूँजी कायम गर्ने विशेष प्रस्ताव रहेको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411