नेपाल ग्रामीण विकास बैंकको एफपिओ बाँडफाँड

मंगलवार, असोज ३१, २०७४ साल,
काठमाडौं । नेपाल ग्रामीण विकास बैंकको एफपिओ मंगलबार विक्री प्रबन्धक प्रभु क्यापिटलमा बाँडफाँड भएको छ ।

एफपिओमा दुई लाख ५० हजार ५२४ जनाले आवेदन गरेकोमा ९७ हजार ५ सय जनालाई गोलाप्रथाबाट १० कित्ता सेयर बाँडफाँड गरिएको हो ।

एफपिओमा आवेदन गरेकामध्ये ३ हजार ७९१ जनाको भने आवेदन रद्द भएको विक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ ।

स्वीकृत आवेदन २ लाख ५० हजार ५२४ जनामध्ये एक लाख ५३ हजार २४ जनाले भने सेयर प्राप्त गर्न सकेनन् ।

एफपीओमा कुल दुई अर्ब ७३ करोड २२ लाख ८ सय रुपैयाँ बराबरको आवेदन परेको क्यापिटलले जनाएको छ ।

एफपिओमा न्यूनतम ५० कित्तादेखि अधिकतम ४ हजार ८ सय ७० कित्तासम्म आवेदन दिन पाउने व्यवस्था थियो ।


 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411