सिद्धार्थ क्यापिटलको तेस्रो सामूहिक योजना 'सिद्धार्थ इक्विटी फण्ड'को आजबाट बिक्री खुला, २९ गतेसम्म आवेदन दिन पाइने

बुद्धबार, असोज २५, २०७४ साल,
काठमाडौं । सिद्धार्थ बैंकको प्रवद्र्धन र सिद्धार्थ क्यापिटलको व्यवस्थापनमा आउन लागेको तेस्रो म्युचुअल फण्ड सिद्धार्थ इक्विटी फण्ड को बिक्री खुलेको छ । यसअघि सिद्धार्थ इक्विटी ओरियन्टेड स्कीम र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम गरी दुई वटा फण्ड सफलता पूर्वक संचालन गरेको क्यापिटलले एक अर्ब २० करोडको सामुहिक लगानी कोषको १२ करोड इकाईको बिक्री खुला गरेको हो ।
 
कोषको इकाईमा असोज २५ गतेदेखि चाँडोमा असोज २९ गतेसम्म र ढिलोमा कात्तिक ८ गतेसम्म आवेदन दिन पाइनेछ । न्युनतम एक सय इकाई अर्थात एक हजार रुपैयाँदेखि अधिकतम २४ लाख इकाईका लागि २ करोड ४० लाख रुपैयाँँ बराबरको आवेदन दिन सकिनेछ ।

फण्डको १५ प्रतिशत इकाई सिद्धार्थ बैंकका लागि सुरक्षित गरिएको छ भने बाँकी ८५ प्रतिशत अर्थात १ अर्ब २ करोड मूल्य बराबरको १० करोड २० लाख इकाईमा अन्य संस्था तथा सर्वसाधारणले लगानी गर्न सक्नेछन् । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल वा आस्वा प्रणालीमा रहेका बैंक तथा वित्तीय संस्थाहरुबाट पनि आवदेन दिन सकिनेछ ।

बन्द मुखी योजनाको अवधि १० वर्षको रहेको छ । योजना बिक्री भएपछि नेप्सेमा पनि सूचीकरण हुने भएकोले १० वर्ष अगावै पनि बजारमा इकाई कारोबार गर्न सकिनेछ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411