मारुती सिमेन्ट ‘१२ मा ६ खजाना’ का विजेता घोषित

सोमबार, असोज २३, २०७४ साल,
काठमाडौं । मारुती सिमेन्टले आफ्नो नयाँ योजना ‘ १२ मा ६ खजाना’ का विजेताहरु घोषणा गरेको छ ।

उक्त योजनामा ग्राहकहरुले प्रत्येक १२ बोराको खरिदमा एउटा स्क्र्याच कुपन प्राप्तगर्ने छन् जसमा स्योरसर्ट मार्फत कम्तिमा रु २० देखि रु ५० सम्म प्रत्येक बोरामा छुट पाउनेछन् र अर्को स्क्रयाचमा भएको युनिककोडलाई एसएमएस गरी दैनिक १ सामसुङ ग्यालेक्सी जे फाइभमोबाइल, साप्ताहिकथाईल्याण्ड भ्रमण, हरेक महिनाबजाजएभेन्जर बाइक अनि बम्परमा १५ तोला सुन र मेगा बम्परमा एउटा रेनल्ट कार जित्ने मौका प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

एकपटक किनेको कुपनबाट ६ पटकसम्म उपहार विजेता बन्न सक्ने सम्भावना भएकाले यो योजना छोटो अवधीमै निक्कै सफल भएको दाबी कम्पनीका ब्राण्ड म्यानेजर राजु श्रेष्ठले जानकारी गराए ।  

मारुती सिमेन्ट नेपालकै उत्कृष्ट मानिएको उदयपुर रेन्जमा रहेको आफ्नै चुनढुंगा खानीबाट अन्तराष्ट्रिय स्तरको अत्याधुनीक रोटरी प्रविधिद्धारा उत्पादन गरिने कम्पनीले जनाएको छ ।

कुपनबाट ग्राहकले हरेक दिन सामसुङ ग्यालेक्सी जे फाइभमोबाइल, हरेक साताथाईल्याण्डभ्रमण, हरेक महिनाबजाजएभेन्जर बाईक र बम्पर उपहारमा १५ तोला सुन र मेघा बम्परमा रेनल्ट कार उपहार प्राप्तगर्ने अवसर पाउने छन् ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411