नेपाल स्टक एक्सचेन्जको महाप्रबन्धकमा चन्द्रसिंह साउद नियुक्त

सोमबार, असोज २३, २०७४ साल,
काठमाडौं । नेपाल स्टक एक्सचेन्जको महाप्रबन्धकमा चन्द्रसिंह साउद नियुक्त भएका छन् ।  साउदको कार्यकाल चार वर्षको लागि हुनेछ ।

सोमवार विहान बसेको मन्त्रिपरिषदको बैठकले साउदलाई नेप्सेको महाप्रबन्धकमा नियुक्त गर्ने निर्णय गरेको हो ।

अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन विभागका अधिकारि सम्मिलित समितिले चन्द्रसिंह साउद, प्रमोदराज शर्मा र मनोज ज्ञवालीको नाम सिफारिश गरेको थियो ।

साउद नेपाल इन्स्योरेन्सका पूर्वमहाप्रबन्धक हुन् । उक्त पदका लागि १३ जनाको आवेदन परेको थियो । करिब अढाइ महिनादेखि नेप्सेको महाप्रबन्धक पद खाली रहदै आएको थियो ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411