नेप्से ६ अंकले बढ्यो, ६४ करोड ७९ लाख रुपैयाँको शेयर किनबेच

बिहीवार, भाद्र ८, २०७४ साल,

काठमाडौं । साता कारोबारको अन्तिम दिन नेप्से ६ अंकले बढेको छ। ६.५ अंकले बढेर परिसूचक १६१७ अंकमा कायम भएको छ।

कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा समान्य बढेको छ। अघिल्लो दिन ६२ करोडको कारोबार भएकोमा आज १६१ कम्पनीको ६४ करोड ७९ लाखको किनबेच भयो। बजारको पुँजीकरण १९ खर्ब ७ अर्ब कायम भएको छ।

यस दिन होटलबाहेकका सबै समूह उक्लिएका छन्। सो समूह ३ अंकले घटेको छ। बिमा ४८, उत्पादन २८, जलविद्युत २३, विकास बैंक १४, बैंकिङ २, फाइनान्स ३ र अन्य समूह ३ अंकले उक्लिएका छन्।

कारोबारका आधारमा यस दिन सिटिजन्स बैंक अग्रस्थानमा रहेको छ। बोनसका लागि बुक क्लोजको मिति घोषणा गरिसकेको सो कम्पनीको ५ करोड २५ लाखको किनबेच भएको छ। दोस्रोमा रहेको एभरेष्ट इन्स्योरेन्सको साढे २ करोडको कारोबार भएको छ।

हिमालयन डिस्टिलरीको मूल्य सबैभन्दा धेरै ६.४ प्रतिशतले बढेको छ। ङादी पावर र मञ्जुश्री फाइनान्सको मूल्य ६ प्रतिशतले बढेको छ। जनरल फाइनान्सका लगानीकर्ताले ९.८ प्रतिशत मूल्य गुमाएका छन्। सिद्धार्थ इन्स्योरेन्सको हकप्रद सेयर सूचीकृत भएको छ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411