डा स्वर्णिम वाग्ले योजना आयोगको उपाध्यक्ष नियुक्त

बिहीवार, श्रावन १९, २०७४ साल,
काठमाडौं । मन्त्रीपरिषद्को बैठकले योजना आयोगको उपाध्यक्षमा डा स्वर्णिय वाग्नेलाई नियुक्त गरेको छ । योजना आयोगका सदस्य रहेका वाग्लेलाई विहीवार बिहान बसेको मन्त्रीपरिषद् बैठकले उपाध्यक्षमा नियुक्त गरेको हो ।

वाग्लेले अष्ट्रेलियन नेशनल विश्वविद्यालयबाट पिएचडी उपाधी हासिल गरेका हुन् । विश्वमा उत्कृष्ट मानिने हावर्ड विश्वविद्यालयबाट वाग्लेले एमपिए गरेका छन् । लण्डन स्कूल अफ इकोनोमिक्सबाट ब्याचलर गरेका हुन् ।

विश्व बैंक,युनडिपी लगायत अन्तराष्ट्रिय संस्थामा अनुभव हासिल भएका वाग्लेलाई शुसील कोइराला नेतृत्व सरकारमा योजना आयोगको सदस्य भएर नेपाल फर्केका थिए । माओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारमा कांग्रेस तर्फबाट वाग्ले पुनः सदस्य बनेका थिए ।

प्रचण्ड सरकारले उपाध्यक्ष बनाएका मिनबहादुर श्रेष्ठले उपाध्यक्ष पदबाट राजिनामा दिएपछि उपाध्यक्ष पद खाली थियो ।

उनले विश्व बैकको मुख्यालय वासिङटन डिसिमा वरिष्ठ अर्थशास्त्रीको रुपमा समेत लामो समय काम गरेका थिए । राष्ट्रसंघीय विकास कार्यक्रममा पनि उनीसाग नीति विश्लेषकको रुपमा काम गरेको अनुभव छ । उनको दर्जनभन्दा बढि अर्थशास्त्र सम्वन्धी प्राज्ञिक लेख अन्तराष्ट्रिय जर्नलमा प्रकाशित छन् ।


 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411