नेपाल हाइड्रोको आईपीओ निष्काशन

बुद्धबार, श्रावन १८, २०७४ साल,
काठमाडौं । नेपाल हाइड्रोले साधारण शेयर निष्काशन गरेको छ । कम्पनीले सय रुपैयाँ अंकित मूल्यमा ३ करोड ९० लाख रुपैयाँ बराबरको ३ लाख ९० हजार कित्ता प्राथमिक शेयर निष्कासन (आईपीओ) गरेको हो ।

यसअघि आयोजना प्रभावित स्थानीयका लागि २ लाख ६० हजार कित्ता शेयर निष्काशन गरी बाँडफाँडसमेत गरिसकेको छ । कम्पनीको आईपीओमा लगानीकर्ताले यही साउन २७ गतेदेखि छिटोमा साउन ३२ र ढिलोमा भदौ २५ गतेसम्म आवेदन दिन सक्नेछन् ।

कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल रहेको छ । आईपीओमा लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।

यस कम्पनीलाई इक्रा नेपालले ग्रेड ४ रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको आधारभूत पक्ष औसत रहेको देखिन्छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411