काठमाडौंले बढाउदाँ पोखरा महानगरपालिकाले मोटरसाइकल पार्किङ गर्दा लाग्ने शुल्क घटायो

सोमबार, श्रावन २, २०७४ साल,
काठमाडौं । पोखरा महानगरपालिकाले महानगरभित्र मोटरसाइकल पार्किङ गर्दा उठाउँदै आएको दस्तुर घटाएको छ । महानगरले आर्थिक वर्ष २०७४-७५ को आर्थिक ऐनमार्फत मोटरसाइकल पार्किङ गर्दा लाग्ने शुल्क घटाएको हो ।

काठमाडौं महानगरपालिकाले एक घन्टाका लागि मोटरसाइकल पार्किङ गर्दा १५ देखि २० रुपैयाँ शुल्क उठाउने निर्णय गरिरहेका बेला पोखराले भने घटाएको हो ।

यसअघि पोखरा उपमहानगरपालिका थियो । उपमहानगरपालिकाले मोटरसाइकल पार्किङ गर्दा प्रदिदिन प्रतिमोटरसाइकल ७ रुपैयाँ शुल्क उठाउँथ्यो ।

तर, आर्थिक वर्ष ०७४-७५ मा भने महानगरले मोटरसाइकल पार्किङ गर्दा प्रदिदिन प्रतिमोटरसाइकल ५ रुपैयाँ मात्रै शुल्क लिने जनाएको छ । महानगरले मोटरसाइकल पार्किङ शुल्क २ रुपैयाँले घटाएको हो ।

महानगरले अन्य सवारीसाधन पार्किङमा लाग्ने शुल्क भने यथावत राखेको छ । महानगरले पारित गरेको आर्थिक ऐन अनुसार पोखरा महानगरभित्र बस, ट्रक तथा मिनिबसले २५ रुपैयाँ, ट्याक्सी, भ्यान, माइक्रोबसले २० रुपैयाँ, ट्याक्टरले १० रुपैयाँ, निजी जिप कारले १५ रुपैयाँ र मोटरसाइकल तथा स्कुटरले ५ रुपैयाँ पार्किङ शुल्क तिर्नुपर्नेछ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411