एक अर्बको शेयर कारोबार हुँदा नेप्सेमा ९ अंकको वृद्धि

मंगलवार, आषाढ २७, २०७४ साल,
काठमाडौं । सेयर बजारको परिसूचक ९.७९ अंकले बढेको छ। सो अंकको वृद्धिपछि नेप्से १५८५ अंकमा कायम भएको छ।

यस दिन सबै समूहहरु बढेका छन् भने कारोबार झण्डै १ अर्ब पुगेको छ। १४९ कम्पनीको ९९ करोड ६३ लाखको सेयर खरिदबिक्री भएको छ।

बिमा समूह ६०, बैंकिङ ७, होटल ३५, विकास बैंक १३, जलविद्युत १५, फाइनान्स ७ र अन्य समूह २ अंकले बढेका छन्। उत्पादन समूह भने १ अंकमुनि हरियो रह्यो।

नविल बैंकको संस्थापकतर्फको उच्च कारोबार हुँदा समग्र कारोबार बढेको हो। २४ करोड ६१ लाख रुपैयाँको सो कम्पनीको सेयर कारोबार भयो। त्यस्तै नेपाल नेसनल लाइफ इन्स्योरेन्स संस्थापकर्ताको ९ करोड ७५ लाखको कारोबार भयो।

नेपाल इन्भेष्टमेन्ट बैंकको ४ करोड ९४ लाख तथा नेपाल लाइफको ४ करोड ८९ लाखको सेयर किनबेच भयो। फरवार्ड माइक्रोफाइनान्स र कुबेर मर्चेन्ट एण्ड बैंकिङका लगानीकर्ताले सबैभन्दा धेरै साढे ९ प्रतिशत बढी कमाए। नेसनल लाइफ इन्स्योरेन्स संस्थापक लगानीकर्ताले ९ प्रतिशत मूल्य गुमाए।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411