लगानीकर्ताले दुईभन्दा बढी डिम्याट खाता संचालन गर्न नपाउने

आईतवार, आषाढ ११, २०७४ साल,
काठमाडौं । सेयर लगानीकर्ताले दुईभन्दा धेरै डिम्याट खाता संचालन गर्न नपाउने भएका छन्। नेपाल धितोपत्र बोर्डले लगानी व्यवस्थापनमा सहभागी भएकाले सोअनुसार डिम्याट खाता खोल्न सक्ने तर अन्यको हकमा बढीमा दुई डिम्याट खाता खोल्न सक्ने व्यवस्था गरेको छ।

आस्वा प्रणाली र बाँडफाँड प्रणालीको कार्यान्वयनलाई प्रभावकारी बनाउन र बजारलाई व्यवस्थित गर्न सो व्यवस्था गरिएको बोर्डले जनाएको छ। साथै उसले दुईभन्दा धेरै खाता भएका लगानीकर्ता र खाता खोलिदिएका निक्षेप सदस्यलाई खाता व्यवस्थापन गर्न आग्रह गरेको छ।

२०७४ भदौ मसान्तसम्मको समय दिँदै बोर्डले निक्षेप सदस्यहरुलाई सहयोग गर्न आग्रह गरेको छ। सो अनुसार सेयर एउटा खाताबाट अर्को खातामा रुपान्तरण गर्दा शूल्क नलाग्ने बोर्डले स्पष्ट पारेको छ।

यसबाट डिम्याट खाता संचालन कार्य थप व्यवस्थित तथा पारदर्शी भई लगानीकर्ताको वास्तविक संख्या समेत एकिन गर्न सहज हुने बोर्डले जनाएको छ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411