नेप्से ८ अंकले बढ्दा कारोबारमा उल्लेख्य सुधार

आईतवार, आषाढ ११, २०७४ साल,
काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारको परिसूचक नेप्से ८ अंकले बढेको छ। ८ दशमलव २ अंकले बढेर नेप्से १५६७ अंकमा कायम भएको छ।

यस दिन कारोबार रकममा समेत उल्लेख्य सुधार आएको छ। गत बिहीबार ५७ करोड ९२ लाख रुपैयाँको सेयर किनबेच भएकोमा आज ७३ करोड ९४ लाख पुगेको छ।

यस दिन बिमाबाहेकका सबै समूह उक्लिएका छन्। सो समूह ८ अंकले घट्यो। बैंकिङ १२, होटल ११, विकास बैंक ४, उत्पादन ८ र फाइनान्स २ अंकले उक्लिए। जलविद्युत र अन्य समूह झिनो अंकमा हरियो रहे।

कारोबारका आधारमा यस दिन पनि प्रभु बैंकको संस्थापक सेयर अग्रस्थानमा रह्यो। सो कम्पनीको ११ करोड ७२ लाखको कारोबार भयो। दोस्रोमा रहेको लुम्बिनी जनरल इन्स्योरेन्सको ५ करोड १५ लाखको कारोबार भयो। एभरेष्ट बैंक, स्टान्डर्ड चार्टड र नेको इन्स्योरेन्स पनि कारोबारका आधारमा उत्कृष्ट पाँचभित्र पर्न सफल भए।

रिलायन्स फाइनान्सका लगानीकर्ताले सबैभन्दा बढी ८ प्रतिशत सेयर मूल्य कमाए। सिन्धु विकास, कन्चन विकास बैंक र फरवार्ड माइक्रोफाइनान्सका लगानीकर्ताले ६ प्रतिशतभन्दा बढी मूल्य कमाए। वर्ल्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सका लगानीकर्ताले ९.८ प्रतिशत मूल्य गुमाए।
 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411