कर फर्छ्यौट आयोगका पदाधिकारी महत र ढकाललाई पक्राउ गर्न सहयोग गर्नेलाई अख्तियारले पुरस्कार दिने

बिहीवार, आषाढ ८, २०७४ साल,
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बोलाएको समयमा बयान दिन नगएपछि कर फर्छ्यौट आयोग २०७१ का अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेशप्रसाद ढकाललाई पक्राउको सार्वजनिक सूचना प्रकाशित गरेको छ।
 
अख्तियारले गोरखापत्र दैनिकमा सार्वजनिक सूचना प्रकाशित गरि उनीहरुलाई देख्ने या फेला पार्ने जो सुकैले आयोगको हटलाइन १०७ नम्बरमा फोन गरिदिए या नजिकको प्रहरी कार्यालयमा बुझाए उचित पुरस्कार दिने जनाएको हो।

उनीहरुलाई वयानका लागि उपस्थित हुन अख्तियारले दुई साता अघिनै पत्र पठाएको थियो। तर, उनीहरु वयान दिन नगइ फरार भएका छन्।
 
उनीहरुले आयोग मार्फत ३० अर्ब रुपैयाँ कर फर्छ्यौट गर्दा २१ अर्ब रुपैयाँ छुट दिएका थिए।
 
आयोगका अर्का सदस्य रहेका आन्तरिक राजश्व विभागका महानिर्देशक चुडामणि शर्मालाई भने यस अघि नै अख्तियारले आफ्नो हिरासतमा लिइ सकेको छ।


 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411