एभरेष्ट ईन्स्योरेन्सको ६०० प्रतिशत हकप्रद दिन २३ गते साधारण सभा

शुक्रबार, आषाढ २, २०७४ साल,
काठमाडौ । एभरेष्ट ईन्स्योरेन्सले चुक्ता पूँजी बढाउन २० प्रतिशत बोनस सेयर र त्यसपछि ६०० प्रतिशत हकप्रद बिक्री गर्ने भएको छ ।

एभरेष्ट ईन्स्योरेन्सको असार १ गते बसेको संचालक समिति बैठकले पाँच वटा बार्षिक साधारणसभा एकैपटक असार २३ गते आयोजना गर्ने निर्णय गर्दै बोनस तथा हकप्रदको प्रस्ताब गरेको हो ।

कम्पनीले २०७१ चैत्र १२ गतेको साधारणसभाबाट पारित भएको १५० प्रतिशत हकप्रदलाई परिमार्जन गरी ६०० प्रतिशत हकप्रदको प्रस्ताब ल्याएको हो ।

हाल १० करोड चुक्ता पूँजी रहेको एभरेष्टको चुक्ता पूँजी बीमा समितिको निर्देशन अनुसार २०७५ असार मसान्तसम्ममा एक अर्ब पुग्नुपर्नेछ ।

२० प्रतिशत बोनस र त्यसपछिको ६०० प्रतिशत हकप्रदले उसको पूँजी ८४ करोड मात्र पुग्नेछ । बाँकी पूँजी चालु आर्थिक बर्ष र अर्को बर्षको बोनसबाट पुर्याउने लक्ष्य उसले राखेको देखिन्छ ।

बोनस पाउन र साधारणसभामा भाग दिन असार ८ गतेसम्ममा सेयर किनिसक्नु पर्ने भएको छ ।



 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411