हिमालयन पावरको आइपिओ बिक्री आजदेखि

बिहीवार, आषाढ १, २०७४ साल,
काठमाडौं । हिमालयन पावर पार्टनरको साधारण शेयर (आइपिओ) आजबाट बिक्री सुरु भएको छ। कम्पनीले प्रतिशेयर १०० रुपैयाँको दरले २१ लाख ३० हजार ८३४ कित्ता शेयर निष्काशन गरेको हो।
 
निष्काशनमध्ये पाँच प्रतिशत शेयर कर्मचारी तथा सामुहिक लगानी कोषका लागि र बाँकी सर्बसाधारणको लागि छुट्याएको छ। कम्पनीको शेयर छिटोमा असार ५ गते बिक्री बन्द हुने निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ।
 
सर्बसाधारण लगानीकर्ताले आस्वा प्रणाली अपनाएका सबै बैंकबाट आवेदन दिन सक्नेछन्। साथै दरर्खास्त फारमबाट ग्लोवल आइएमई क्यापिटल जमल, हिमालयन पावर पानीपोखरी, काठमाण्डौं क्यापिटल मार्केट काठमाण्डौं प्लाजा, प्रभु क्यापिटल कमलादी, सिविआर्इएल क्यापिटल डिल्लीबजार, रिलायवल क्यापिटल सुन्धारा, एनआइसी एसिया क्यापिटल बबरमहल, सानिमा क्यापिटल नक्साल,  एस क्यापिटल दरबारमार्ग, सिभिल क्यापिटल सुन्धारा, भिभोर क्यापिटल पुल्चोक र ग्लोबल आएमई बैंकका पोखरा, नेपालगञ्ज, विराटनगर, वुटवल, धनगडी, महेन्द्रनगर, विर्तामोड शाखाबाट आवेदन दिन सकिने जनाइएको छ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411