नेपालको आर्थिक वृद्धिदर विश्वमै तेस्रो, भारत नेपालभन्दा पछाडि

सोमबार, जेष्ठ २९, २०७४ साल,
काठमाडौं । वल्र्ड इकोनोमिक फोरमले सन् २०१७ मा नेपालले विश्वमै तेस्रो उच्च आर्थिक वृद्धिदर हासिल गर्ने प्रक्षेपण गरेको छ । विश्व बैंकको तथ्यांकमा आधारित रहेर यो प्रक्षेपण गरिएको हो ।

फोरमले बनाएको तीव्र आर्थिक वृद्धि गर्ने देशको सुचीमा नेपालभन्दा अगाडि इथियोपिया र उज्बेकिस्तान रहेका छन् । यी दुई देशले क्रमशः ८.३ प्रतिशत र ७.६ प्रतिशत वृद्धिदर हासिल गर्ने अनुमान गरिएको छ । नेपालको वृद्धिदर ७.६ प्रतिशत रहने जनाइएको छ ।

सुचीमा तेस्रो स्थानमा रहेको नेपालले ७.५ प्रतिशतको वृद्धिदर हासिल गर्ने अनुमान गरिएको छ । यो वृद्धिदर २३ वर्षयताकै उच्च हुने मानिएको छ । सन् २०१५ मा गएको भूकम्पपछिको पुनर्निर्माण नै वृद्धिदरको आधार हुने फोरमको रिपोर्टमा उल्लेख छ ।

सुचीमा छिमेकी राष्ट्र भारत नेपालभन्दा ठीक पछाडि छ । भारतले ७.२ प्रतिशत वृद्धिदर कायम गर्ने अनुमान गरिएको छ । टप १० को सुचीमा अटाएकामध्ये १० खर्ब डलरको अर्थतन्त्र भएको भारत एक मात्र राष्ट्र हो ।

दक्षिण एशियाली दुई राष्ट्रहरु बंगलादेश र भुटान ६.८ प्रतिशत वृद्धिदरका साथ नवौं स्थानमा रहनेछन् । बंगलादेशमा निर्यात कमजोर देखिए पनि अन्य परिसुचक सकारात्मक रहेको तथा भुटानमा कृषि, जलविद्युत्, वन र पर्यटन क्षेत्र सशक्त रहेको रिपोर्टमा उल्लेख छ ।

वल्र्ड इकोनोमिक फोरम निजी–सार्वजनिक साझेदारीका लागि गठन भएको अन्तर्राष्टिय संस्था हो । यसको हेडक्वाटर जेनेभामा रहेको छ

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411