माओवादीमा तीन मन्त्रीको टुंगो, महरा उपप्रधान तथा परराष्ट्रमन्त्री, जनार्दन गृहमन्त्री

बुद्धबार, जेष्ठ २४, २०७४ साल,
काठमाडौं । नेकपा माओवादी केन्द्रले तीन मन्त्रीको नाम टुंगो लगाएको छ । आज बिहान बसेको माओवादी केन्द्रको हेडक्वार्टर बैठकले कृष्णबहादुर महरा, जनार्दन शर्मा र प्रभू शाहको नाम टुंगो लगाएको हो ।

माओवादी केन्द्रका नेता मणि थापाले महराको नेतृत्वमा पार्टी सरकारमा जाने निर्णय भएको हो ।

उनका अनुसार महराले उपप्रधानमन्त्रीसहित परराष्ट्र मन्त्रालय सम्हाल्नेछन् । यस्तै जनार्दन शर्माले गृह मन्त्रालय सम्हाल्नेछन् भने प्रभू शाहले विना विभागीय मन्त्रीको रुपमा सपथ लिनेछन् ।

नाम टुंगो लगाइएका मन्त्रीहरुले  आजै पद तथा गोपनियताको सपथ लिनेछन् । प्रधानमन्त्रीको पद तथा गोपनियताको सपथ २ बजेको लागि तय भएको र सो लगत्तै अरु मन्त्रीहरुको सपथ हुनेछ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411