१२ खर्ब ७८ अर्ब ९९ करोडको बजेट, राजश्वबाट ७ खर्ब ३० अर्ब, पूँजीगत तीन खर्ब ३५ अर्ब

सोमबार, जेष्ठ १५, २०७४ साल,
काठमाडौं। सरकारले आगामी आर्थिक बर्षको बजेट २१.९ प्रतिशतले बढाउँदै १२ खर्ब ७८ अर्ब ९९ करोड ४८ लाख ५५ हजार रुपैयाँ विनियोजन गरेको छ।
 
अर्थमन्त्री कृष्णवहादुर महराले संसदमा बजेट प्रस्तुत गर्दै चालु खर्च ८ खर्ब २ अर्श ५३ करोड रुपैयाँ छुट्याएका छन्।
 
पूँजीगत खर्चतर्फ ३ खर्ब ३५ अर्ब २७ करोड छुट्याएका छन् भने वित्तीय व्यवस्थापनका लागि एक खर्ब ४० अर्ब छुट्याएका छन्।
 
सरकारले स्थानीय तहका लागि साधारण अनुदान १ खर्ब ४८ अर्ब र ससक्त अनुदान ७६ अर्ब ४१ करोड छुट्याएका छन्। प्रदेशका लागि ७ अर्ब ३४ करोड छुट्याएका छुट्याएका छन्।
 
सरकारले राजश्वबाट ७ खर्ब ३० अर्ब ५ करोड उठाउने सरकारी लक्ष्य छ। साँवा फिर्ताबाट १५ अर्ब र वैदेशिक सहायतबाट ७२ अर्ब रुपैयाँ उठाइने सरकारी लक्ष्य छ।
 
यसैगरी २ खर्ब १४ वाह्यीय ऋण र १ खर्ब ४५ अर्ब  आन्तरिक ऋण उठाइने सरकारी योजना छ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411