मन्त्रीपरिषद्‌बाट १२ खर्ब ७८ अर्ब रुपैयाँको बजेट पारित, स्थानीय तहलाई २ खर्ब २५ अर्ब रुपैयाँ अनुदान

सोमबार, जेष्ठ १५, २०७४ साल,
काठमाडौं ।  सोमबार दिउँसो दुई बसे बसेको मन्त्री परिषद्को बैठकले आगामी आर्थिक वर्ष २०७४/७५ वर्षका लागि १२ खर्ब ७८ अर्ब रुपैयाँको बजेट पारित गरेको छ।

अर्थमन्त्री कृष्णबहादुर महराले अहिले प्रस्तुत गर्न लागेको बजेटले सात सय ४४ स्थानीय तहलाई २ खर्ब २५ अर्ब रुपैयाँ अनुदान दिएको छ।

बजेट स्रोतका लागि सरकारले ८ खर्ब १७ अर्ब रुपैयाँ राजस्वबाट उठाउने उठाउने लक्ष्य राखेको छ।

२ खर्ब १४ बैदेशिक ऋण, एक खर्ब १५ अर्ब रुपैयाँ आन्तरिक ऋणबाट उठाउने लक्ष्य सरकारले राखेको छ । अहिले प्रस्तुत हुन गइरहेको बजेटमा नयाँ कार्यक्रमहरु समावेश गरिएको छैन । निर्वाचन आचारसंहिताका कारण बजेटमा नयाँ कार्यक्रमहरु नराखिएको हो ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411