उम्मेदवारका छोरा घरेलु हतियारसहित पक्राउ

शुक्रबार, बैशाख २९, २०७४ साल,
नुवाकोट ।  नुवाकोटमा उम्मेदवारका छोरा नै घरेलु हतियारसहित पक्राउ परेका छन्।

नेकपा मोआवादी केन्द्रकातर्फबाट नुवाकोटको तार्केश्वर गाउँपालिकाको उपाध्यक्षका प्रत्यासी कमलाकुमारी तामाङका छोरासहित दुई जनालाई प्रहरीले घरेलु हतियारसहित पक्राउ गरेको छ ।

तामाङका छोरा शम्सेर तामाङ र सहयोगी राजेन्द्र तामाङलाई एक थान खुकुरी र तीन थान फलामको रडसहित सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो।

तामाङद्वयले प्रचार अभियान पछि घर फर्कंदै गरेका सो गाउँपालिकाका नेपाली कांग्रेसका कार्यकर्तालाई हतियार देखाउँदै धम्क्याएकाले नियन्त्रणमा लिएर तारुका प्रहरी चौकीमा राखी अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ। रासस

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411