सिनर्जी पावर डेभलपमेन्टको आईपीओ बाँडफाँट,कसले कति पाए ?

बिहीवार, फागुन ५, २०७३ साल,
काठमाडौं । सिनर्जी पावर डेभलपमेन्टको सेयर आज बाँडफाँट भएको छ । लगानीकर्ताले न्यूनतम दश देखि अधिकतम ६१६ कित्तासम्म सेयर पाएको बिक्री प्रबन्धक सानिमा क्यापिटलले जनाएको छ । २१ करोडको साधारण सेयरमा ३२ गुणाबढी आवेदन परेको थियो ।

सिनर्जीको आएपीओमा ३१० कित्ता अर्थात ३१ हजार रुपैयाँसम्मको आवेदन दिने लगानीकर्तालाई गोलाप्रथाबाट दश कित्ताका दरले सेयर वितरण गरिएको हो । त्यसभन्दा माथि ३२ हजारदेखि ५० हजारसम्म आवेदन गर्ने साना लगानीकर्तालाई ३.०४ प्रतिशत र पचास हजार भन्दा बढी आवेदन गर्नेलाई २.९३ प्रतिशतका दरले बाँडफाँट गरिएको बिक्री प्रबन्धक सानिमा क्यापिटलले जनाएको छ ।

जस अनुसार ७१ हजार ४८९ जना लगानीकर्ता सिनर्जीपावरको सेयरधनी बनेका छन् । क्यापिटलका अनुसार साना लगानीकर्ताले ७ लाख ७२ हजार ८ सय कित्ता तथा ठुला लगानीकर्ताले ११ लाख ५८ हजार ६ सय कित्ता सेयर हात पारेका छन् ।

सिनर्जीको सेयरमा न्यूनतम ५० कित्ता र अधिकतम २१ हजार कित्तासम्म आवेदन दिने व्यवस्था गरिएको थियो । २१ हजार कित्ताका लागि आवेदन दिने लगानीकर्ताले ६१६ कित्तासम्म सेयर पाएका छन् ।



 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411