नेप्से २७ अंकले बढ्यो, ५ कम्पनीका लगानीकर्ताले १० प्रतिशत कमाए, ६५ करोडको सेयर किनबेच

बिहीवार, फागुन ५, २०७३ साल,
काठमाडौं । बुधबार ४१ अंकले बढेको नेप्से आज २७.०५ अंकको वृद्धिसँगै १३४३.८५ अंकमा पुगेर बन्द भएको हो । उत्पादनमूलक र अन्यबाहेक कारोबार भएका सबै समूह बढेका छन् । सबैभन्दा धेरै बीमा समूह २९०.२७ अंकले बढेको छ । 

त्यस्तै बैंकिङ, होटल, विकास बैंक, जलविद्युत् र फाइनान्स क्रमशः २६.३७, २४.६८, २४.०६, १४.१४ र ११.६१ अंकले बढेका छन् । उत्पादनमूलक र अन्य भने क्रमशः ६.३५ र ६।६५ अंकले घटेका छन् । 

आज ६५ करोड ७१ लाख ९१ हजार पाँच सय ११ रुपैयाँको कारोबार भएको छ । दिनभरिमा १४५ वटा कम्पनीको २६ लाख ६५ हजार ५६ कित्ता सेयर सात हजार दुई सय ६१ पटक खरिदविक्री भएका छन् । 

बैंक अफ काठमाण्डू लुम्बिनीको सबैभन्दा धेरै चार करोड नौ लाख ६१ हजार छ सय ८८ रुपैयाँको कारोबार भएको छ । प्रभु बैंकको तीन करोडमाथिको कारोबार हुँदा नेपाल इन्भेष्टमेन्ट बैंक, नेपाल लाइफ इन्स्योरेन्स, नेशनल लाइफ इन्स्योरेन्स र एसियन लाइफ इन्स्योरेन्सको दुई करोडमाथिको सेयर कारोबार भएको छ । सानिमा बैंक, शिखर इन्स्योरेन्स, नेपाल बंगलादेश बैंक, एभरेष्ट बैंक लगायतको एक करोड ७० लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । 

गुमाउने कम्पनीहरुको अग्रस्थानमा रहेको दिव्यश्वरी हाइड्रोका सेयरधनीले ९.८९ प्रतिशतका दरले आफ्नो सम्पत्ति घटाएका छन् भने मिसन डेभलपमेन्ट बैंक र गुडविल फाइनान्सका सेयरधनीले क्रमशः ६.३४ र ५.६६ प्रतिशतका दरले गुमाएका छन् । लक्ष्मी भ्यालु फण्ड, फस्र्ट माइक्रोफाइनान्स, नेशनल हाइड्रो, रिलायन्स फाइनान्स, बोटलर्स नेपाल, तारागाउँ रिजेन्सी, जनउत्थान सामुदायिक लघुवित्त लगायतका सेयरधनीले पनि गुमाएका छन् ।  

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411