युनाइटेड मोदीको १७ करोडको आइपिओ निष्काशन

बिहीवार, फागुन ५, २०७३ साल,
काठमाडौं । युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडले १७ लाख २५ हजार कित्ता साधारण शेयर निष्काशन गरेको छ । कम्पनीले शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबीएल क्यापिटल लिमिटेड रहेको छ ।

कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा १७ करोड २५ लाख रुपैयाँ बराबरको १७ लाख २५ हजार कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो । कम्पनीको आईपिओमा लगानीकर्ताले फागुन १९ गतेदेखि आवेदन दिन सक्नेछन् ।

यसअघि नै आयोजना प्रभावित स्थानीय बासिन्दालाई ११ लाख ५० हजार कित्ता शेयर जारी गरी बाँडफाँट समेत गरिसकेको छ । कम्पनीको शेयरलाई इक्रा नेपालले ग्रेड ३ को रेटिङ दिएको छ । यो ग्रेडले कम्पनीको सबै पक्षहरू बलियो रहेको संकेत गर्छ ।

यो पर्वत जिल्लाामा निमार्णाधीन परियोजना हो । कम्पनीले तल्लो मोदी खोलामा १० मेगावाट आयोजना निर्माण गरिसकेको छ भने तल्लो मोदी खोलामा १० मेगावाटको आयोजना निर्माण गर्न लागेको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411