नेप्से ४२ अंकले उक्लियो, ५२ करोड रुपैयाँको सेयर किनबेच

बुद्धबार, फागुन ४, २०७३ साल,
काठमाडौं । आज सेयर बजार ४२ अंकले उक्लिएको छ। ४१ दशमलव ८४ अंकले नेप्से बढेर १३ सय १६ अंकमा कायम भएको छ।
 
यस दिन बजारमा कारोबार रकम पनि केही बढेको छ। १ सय ४१ कम्पनीको ५१ करोड ७६ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।
 
उत्पादनबाहेक सबै समूह उक्लिएका छन्। सो समूह ५ अंकले घट्यो। बैंकिङ ३७, होटल ४९, विकास बैंक ४३, जलविद्युत ६६, फाइनान्स १२, बिमा ३८५ र अन्य समूह २ अंकले बढेका छन्।
 
यस दिन नेसनल लाइफ इन्स्योरेन्सको सबैभन्दा बढी ५ करोड ८७ लाख रुपैयाँको सेयर किनबेच भयो। सो कम्पनीको मूल्य प्रतिकित्ता १७ सय ५५ कायम भएको छ। उच्च कारोबारका आधारमा दोस्रो स्थानमा रहेको प्रभु बैंकको २ करोड ३३ लाख रुपैयाँको सेयर किनबेच भयो।
 
कम्पनीको मूल्य बढेर प्रतिकित्ता ३ सय ६ कायम भएको छ। त्यस्तै बैंक अफ काठमाण्डुको २ करोडको कारोबार भयो भने नेपाल बंगलादेश बैकको १ करोड ८९ लाखको। तीन कम्पनीका लगानीकर्ताले १० प्रतिशत नाफा कमाएका छन्।
 
सानिमा माइ हाइड्रो, नेको इन्स्योरेन्स र एसियन लाइफ इन्स्योरेन्सको सेयर मूल्य १० प्रतिशतले बढेको हो। सगरमाथा इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स, लुम्बिनी जनरल इन्स्योरेन्स, भार्गव वकास बैंक, युनाइटेड इन्स्योरेन्स र प्रभु इन्स्योरेन्सको मूल्य ९.९ प्रतिशतले बढेको छ।
 
बजार बढ्दा दिव्यश्वरी हाइड्रोको भने सबैभन्दा बढी ९.८ प्रतिशतले मूल्य झरेको छ। बजारको पुँजीकरण १४ खर्ब ८२ अर्ब पुगेको छ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411