लगानीकर्ताले कारोबार अनलाइनमार्फत हेर्न पाउने

बुद्धबार, फागुन ४, २०७३ साल,
काठमाडौं । अब शेयर लगानीकर्ताले आफ्नो खाताको विवरण अनलाइनमार्फत हेर्न पाउने भएका छन् । सीडीएस एण्ड क्लियरिङ लिमिटेडको ‘धितोपत्र केन्द्रीय निक्षेप सेवा र धितोपत्र कारोबार राफसाफ तथा फछ्र्योटको दोस्रोपटक संशोधित विनियमावली, २०७३’ मा यस्तो व्यवस्था गरिएको हो ।

नेपाल धितोपत्र बोर्डले गत माघ २७ गते गरेको निर्णयअनुसार उक्त संशोधित विनियमावली मङ्गलवारदेखि कार्यान्वयनमा आएको बोर्डका सहप्रवक्ता निरञ्जय घिमिरेले जानकारी दिए । उनका अनुसार अब शेयर लगानीकर्ताले कारोबारका लागि जहाँबाट डिम्याट खाता खोलेका हुन्, त्यहाँ वार्षिक शुल्क तिरेपछि अनलाइनमार्फत आफ्नो कारोबार हेर्न सक्नेछन् ।

संशोधित विनियमावलीले राफसाफ सदस्यले राफसाफ तथा फछ्र्योट कार्य सम्पन्न नगरेमा र गलत कागजात तथा धितोपत्रको प्रमाणपत्र पेश गरेको पाइएमा कम्तीमा तीन दिन कारोबार गर्न रोक लगाउने व्यवस्था गरिएको छ । यसअघि ७ कार्य दिनका लागि कारोबार गर्न रोक लगाउने व्यवस्था थियो ।  

यसैगरी उक्त संशोधनमा कुनै सङ्गठित संस्था वा रजिष्ट्रार तथा हस्तान्तरण प्रतिनिधि, निक्षेप सदस्य, सदस्य दलालले पद्धतिमा गलत प्रविष्ट वा कारोबारको सम्बन्धमा गरेको त्रुटि सच्याउने सक्ने र धितोपत्रको अभौतिकीकरण गर्ने प्रक्रिया तथा सीडीएससीले प्राप्त गर्ने कमिशनसम्बन्धी व्यवस्था गरिएको विज्ञप्तिमा उल्लेख छ ।

यसले धितोपत्र केन्द्रीय निक्षेप सेवासम्बन्धी व्यवस्था र धितोपत्र कारोबार राफसाफ तथा फछ्र्योटसम्बन्धी प्रक्रिया थप सहज, सरल तथा व्यावहारिक हुने बोर्डको अपेक्षा गरेको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411