​समता माइक्रोफाइनान्सको आईपिओ बाँडफाँड, ८ हजार ८ सयले पाए १० कित्ता

बुद्धबार, फागुन ४, २०७३ साल,
काठमाडौं । समता माइक्रोफाइनान्स वित्तिय संस्थाले सर्वसाधारणका लागि जारी गरेको साधारण शेयर आज बाँडफाँड गर्ने भएको छ । उक्त आईपिओमा आवेदन दिने मध्ये जम्मा १० प्रतिशत आवेदकले १० कित्ता शेयर पाएका छन् ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल क्यापिटलको केन्द्रिय कार्यालय लाजिम्पाटमा भएको बाँडफाँटमा सबैलाई गोलाप्रथाबाट शेयर प्रदान गरिएको हो । कुल ८६ हजार दुई सय ३७ जनाले शेयर आवेदन गरेकोमा ८ हजार आठ सय ५६ जनाले १० कित्ताका दरले शेयर पाएका हुन् ।

कम्पनीले पुस १९ गते देखि ९४ हजार ८ सय कित्ता साधारण शेयर निष्काशन गरेको थियो । ३ करोड १६ लाख रुपैयाँ चुक्तापूँजी रहेको कम्पनीले चुक्तापूँजीको ३० प्रतिशतले हुन आउने शेयर सर्वसाधारणमा जारी गरेको थियो ।

बाराको सिमरामा केन्द्रीय कार्यालय रहेको माईक्रोफाईनाइन्सले निष्काशन गरेको ९४ हजार ८ सय कित्ता शेयरमध्ये एक हजार ८९६ कित्ता शेयर कर्मचारी र चार हजार ७४० कित्ता शेयर म्युचुअल फण्डहरुलाई छुट्याइएको छ । बाँकी ८८ हजार १६४ कित्ता शेयर मात्रै सर्वसाधारण लगानीकर्तालाई बाँडफाँड गरिएको छ ।

नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजत प्राप्त वित्तिय संस्थाको रुपमा समताले २०७० बाट कारोवार सुरु गरेको थियो ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411