इन्भेष्र्टस फोरमले गभर्नरलाई बुझायो ज्ञापनपत्र, मार्जिन कल ७० प्रतिशत पुर्याउन माग

सोमबार, फागुन २, २०७३ साल,
काठमाडौं । सेयर बजारमा लगातार ओरालो लागेपछि लगानीकर्ताले हालको मार्जिन कललाई पुनरावलोकन गरी १८० दिने बजार मूल्यको औसत ७० प्रतिशतसम्म मार्जिन कलको व्यवस्था गर्न माग गरेका छन् ।

नेपाल इन्भेष्र्टस फोरमले नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरन्जीबी नेपाललाई वर्तमान सेयर बजारको बारेमा ज्ञापनपत्र प्रस्तुत गर्दे न्यूनतम ६ महिनासम्मका लागि सेयर खरिदकर्जा तथा सेयर धितो राखि लिएको कर्जाको ७० प्रतिशतसम्म मार्जिन कलको ब्यवस्था मिलाउन आग्रह गरेको हो ।

बजार निरन्तर ओरोलो लागेर लगानीकर्तामाझ विश्वास गुमेको ठहर गर्दे यसलाई सही ठाउँमा ल्याउन फोरमले मार्जिन कलमा पुनर्विचार गर्न राष्ट्र बैंकलाई अनुरोध गरेको हो ।
 
सेयर धितो राखेर कर्जा लिएका लगानीकर्तालाई सम्बद्ध कम्पनीहरुले लाभांश घोषणा गरेर बुक क्लोज गरेको तर सूचीकरण भइनसकेको बोनस र हकप्रद सेयरसमेत बजार भाउमा धितो मूल्यांकन गरी यसबाट पनि मार्जिन अपुग भएमा मात्र कलको व्यवस्था मिलाउन फोरमले माग गरेको छ । राष्ट्र बैंकले सेयरमा लगानी बढेको भन्दै कडाइ गर्ने संकेत गरेका बेला लगानीकर्ताको यस्तो माग आएको हो । 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411