​कुमारी बैंकलाई ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न धितोपत्र बोर्डको अनुमति

आईतवार, फागुन १, २०७३ साल,
काठमाडौं । नेपाल धितोपत्र बोर्डले कुमारी बैंकलाई ५० प्रतिशत हकप्रद निष्काशन गर्नका लागि अनुमति दिएको छ । बोर्डले बैंकलाई एक सय रुपैंया अंकित दरमा हाल कायम चुक्ता पूँजीको ५० प्रतिशतले हुने एक करोड ३४ लाख ९५ हजार आठ सय ३२ कित्ता हकप्रद निष्काशनको अनुमति दिएको हो । 

हाल बैंकको २ अर्ब ६९ करोड ९१ लाख रुपैयाँ चुक्तापूँजी रहेको छ । पचास प्रतिशत हकप्रद वितरण गरेपछि बैंकको पूँजी चार अर्ब चार करोड रुपैयाँ पुग्नेछ । कुमारीले अरु चार संस्थासँगको एक्वायर अगाडि कायम चुक्तापुँजीको ५० प्रतिशत हकप्रद जारी गर्न लागेको हो ।

बैंकले गत आर्थिक वर्षको कमाईबाट २१ प्रतिशत बोनस सेयर बितरणको प्रस्ताव पनि गरिसकेको छ । बोनस र हकप्रद निष्काशन पछि बैंकको चुक्ता पूँजी चार अर्ब ६१ करोड ५४ लाख ९४ हजार रुपैंया पुग्नेछ ।

साथै कुमारीले काष्ठमण्डप, महाकाली, काँक्रेबिहार विकास बैंक र पश्चिमाञ्चल फाइनान्सलाई एक्वायर गर्ने सम्झौता गरिसकेको छ । यी ४ वटा संस्थालाई एक्वायर गरेपछि कुमारी बैंकको चुक्ता पुँजी ६ अर्ब रुपैयाँ नाघ्नेछ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411