सेयरबजारमा ४४ अंकको गिरावट, ४९ करोड ४१ लाख बराबरको सेयर किनबेच

आईतवार, फागुन १, २०७३ साल,
काठमाडौ । लगातार ओरालो लाग्ने क्रममा रहेको नेप्से आइतबार ३.३७ प्रतिशतले झरेको छ । कारोबारमा आएका होटल बाहेक सबै समूहमा गिरावट आएपछि नेप्से करिब ४४ अंकले झरेको हो ।

आइतबार नेप्से ४३.७३ अंकले घटेर १२५२.५० अंकमा झरेको छ । बजारमा कारोबारमा आएका होटल बाहेकका सबै समूहमा गिरावट आएपछि बजार उच्च अंकले घटेको हो । यसदिन १३२ कम्पनीको ४९ करोड ४१ लाख बराबरको सेयर किनबेच भयो । कारोबार रकम अघिल्लो कारोबारको तुलनामा आठ करोडले कम हो ।

बजार निरन्तर ओरालो लाग्दा लगानीकर्ताको सम्पत्तिमा समेत निरन्तर कमी आएको छ । यसदिन बजार पूँजीकरण १४ खर्ब १० अर्बमा झरेको छ । गत विहिबार बजार पूँजीकरण १४ खर्ब ५८ अर्ब रहेको थियो । आइतबार मात्रै लगानीकर्ताले सेयरबजारबाट ४८ अर्ब रुपैयाँ गुमाएका छन् ।

आइतबार वीमा समुहको परिसुचक सवैभन्दा बढी ३ सय ४६ दशमलव १४ अंकले ओरालो लागेको छ । त्यस्तै जलविद्युत ६२ दशमलव ८४,बैंकिङ ४५ दशमलव ४५,विकास बैंक ३१ दशमलव ०२, फाइनान्स समुह १२ र अन्य समुहको परिसुचक ६ अंकले घटेको छ ।

यसदिनको कारोबारमा जम्मा पाँच कम्पनीको मात्रै सेयर मूल्य बढेको छ । सबैभन्दा बढी मेरो माइक्रो फाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले करिब ६ प्रतिशत कमाएका छन् । गुह्श्वरी मर्चेन्ट,सोल्टी होटल, जेविल्स फाइनान्स र प्रभु बैंकको संस्थापक सेयरको मूल्य सामान्य बढेको छ ।

यसदिन एकदर्जन कम्पनीको सेयरमूल्य दश प्रतिशतको हाराहारीमा घटेको छ । सबैभन्दा धेरै प्राइम लाइफ इन्स्योरेन्स र प्रभु इन्स्योरेन्सको दश प्रतिशतले घटेको छ । एनबी इन्स्योरेन्स, राप्तीभेरी, प्रुडेन्सियल इन्स्योरेन्स, अल्पानइन डेभलपेमन्ट एनएलजी इन्स्योरेन्स लगायतका एक दर्जन कम्पनीको सेयरमूल्य दश प्रतिशतकै हाराहारीमा घटेको छ ।

यसदिन प्रभु बैंक, एनबी बैंक, डिप्रोक्स, नेपाल लाइफ र स्ट्याण्र्डड चार्टडको दुई करोड बढीको कारोबार भयो ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411