रिलायवल डेभलपमेन्ट बैंकले ६ महिनामा साढे ७ करोड कमायो

आईतवार, फागुन १, २०७३ साल,
काठमाडौं । रिलायवल डेभलपमेन्ट बैंकले दोस्रो त्रैमासमा खुद मुनाफा १३ दशमलव ९० प्रतिशतले वृद्धि गरी ७ करोड ४६ लाख रुपैयाँ कमाएको छ भने अघिल्लो वर्षको सोहि अवधिमा बैंकले ६ करोड ५५ लाख रुपैयाँ कमाएको थियो ।

बैंकको निक्षेपमा ८ दशमलव २३ प्रतिशतले वृद्धि गरी ८ अर्ब ५१ करोड ५७ लाख रुपैयाँ संकलन गरेर कर्जामा ७ अर्ब ४१ करोड ९२ लाख रुपैयाँ लगानी गरेको छ । संचालन मुनाफामा १२ दशमलव ५५ प्रतिशतले बढेर ७ करोड ५३ लाख रुपैयाँ आर्जन गरेको छ ।

त्यस्तै बैंकले खुद ब्याज आम्दानीमा ५४ दशमलव ०४ प्रतिशतले वृद्धि गरि २० करोड ५० लाख रुपैयाँ कमाएको छ । बैंकको प्रोभिजनमा ८ करोड ६ लाख रुपैयाँ राखेको छ भने ३७ लाख रुपैयाँ खराबकर्जा उठाएको छ ।

बैंकको निष्कृय कर्जा ३ दशमलव ०४ प्रतिशत, जोखिम युक्त सम्पत्ति १४ दशमलव ७९ प्रतिशत रहेको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411