एनएमबि बैंकले ६ महिनामा ७० करोड रुपैयाँ मुनाफा कमायो

आईतवार, फागुन १, २०७३ साल,
काठमाडौं । एनएमबि बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद मुनाफा अघिल्लो वर्षको तुलनाभन्दा ६६ दशमलव ४४ प्रतिशतले वृद्धि गरी ७० करोड १० लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्षको सोहि अवधिमा बैंकले ४२ करोड १२ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।

५ अर्ब ४३ करोड रुपैयाँ चुक्ता पूँजी भएको एनएमबि बैंकले जगेडाकोषमा ४ अर्ब ४३ करोड ४३ लाख रुपैयाँ राखेको छ । बैंकले निक्षेपमा ३१ दशमलव ०७ प्रतिशत वृद्धि गरी ६८ अर्ब ७९ करोड ७९ लाख रुपैयाँ संकलन गरेको छ । जसबाट बैंकले कर्जामा ५८ अर्ब ९३ करोड ६९ लाख रुपैयाँ लगानी गरेको छ, जुन गत वर्षको तुलनाभन्दा ३७ दशमलव ८१ प्रतिशतले वृद्धि गरेको हो ।

बैंकको खुद व्याज आम्दानीमा ६४ दशमलव ८१ प्रतिशतले वृद्धि गरी १ अर्ब ३४ करोड १५ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा ७५ दशमलव २१ प्रतिशतले वृद्धि गरी ८२ करोड रुपैयाँ पुगेको छ । बैंकको प्रोभिजनमा २७ करोड रुपैयाँ राखेको छ भने २२ करोड ६६ लाख रुपैयाँ खराबकर्जा उठाउन सफल भएको छ ।

बैंकको निस्कृय कर्जामा शुन्य दशमलव २२ प्रतिशतले बढेर १ दशमलव ८९ प्रतिशत रहेको छ भने जाखिम युक्त सम्पत्तिमा १ दशमलव ५५ प्रतिशतले बढेर १३ दशमलव ७९ प्रतिशत रहेको छ ।

बैंकको प्रतिशेयर आम्दानी वार्षिक २८ दशमलव ३१ रुपैयाँ, मुल्य आम्दानीको अनुपात वार्षिक १८ दशमलव ०२ गुणा, तरलता अनुपात २५ दशमलव ८४ प्रतिशत र प्रतिशेयर नेटवर्थ १ सय ८३ दशमलव ६९ रुपैयाँ रहेको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411