स्टेट बैंक अफ पाकिस्तान र राष्ट्र बैंकबीच समझदारी

शुक्रबार, माघ २८, २०७३ साल,
काठमाडौं । स्टेट बैंक अफ पाकिस्तान र नेपाल राष्ट्र बैंकबीच बिहीबार सुपरभिजन तथा एक्सचेन्ज अफ सुपरभिजर इन्फरेशनका क्षेत्रमा सहकार्य गर्ने सम्झौता भएको छ। दुई बैंकको सहकार्य सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको पाकिस्तानी दैनिक ‘डन’ले जनाएको छ।

पाकिस्तानको हबिब बैंकको नेपालस्थित हिमालयन बैंक साझेदार हो । हबिब बंैकको २० प्रतिशत सेयर होल्डिङ् हिमालयन बैंकमा छ ।

यो नयाँ समझदारीले पाकिस्तान र नेपालबीचको द्विपक्षीय सम्बन्ध विस्तार हुने तथा अन्तरदेशीय बैंकिङ् सुपरभिजनका क्षेत्रमा मिलेर काम गर्न बाटो खुला भएको डनले जनाएको छ ।

सार्क क्षेत्रमा पाकिस्तानी बैंकले बंगलादेश र श्रीलंकापछि नेपालसँग समझदारीपत्रमा हस्ताक्षर गरेको हो ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411