सनराईज बैंकले ६ महिनामा ६० करोड ९७ लाख नाफा कमायो

शुक्रबार, माघ २८, २०७३ साल,
काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा सनराईज बैंकको नाफा ६७.५२ प्रतिशत बढेको छ । चालु आवको पुससम्म बैंकले ६० करोड ९७ लाख रुपैयाँ नाफा गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकले ३६ करोड ३९ लाख रुपैयाँ नाफा गरेको थियो ।

बैंकले आज सार्वजनिक गरेको चालु आवको अर्धवार्षिक वित्तीय विवरणअनुसार नाफा, निक्षेप परिचालन र कर्जा लगानी उल्लेख्य रुपमा बढेको देखाएको छ ।

समीक्षा अवधिमा बैंकको निष्क्रिय कर्जा अनुपात १.४ प्रतिशत छ । कर्जा र निक्षेप अनुपात (सीडी रेसियो) ७८.९० प्रतिशत रहेको बैंकले जनाएको छ । कर्जा र निक्षेप ब्याज अन्तर ४.४६ प्रतिशत छ । प्रतिसेयर आम्दानी २३ रुपैयाँ रहेको बैंकले जनाएको छ ।

बैंकले समीक्षा अवधिमा ५७ अर्ब ३० करोड रुपैयाँ निक्षेप परिचालन गरेको छ । गत आवको सोही अवधिमा निक्षेप परिचालन ३७ अर्ब २२ करोड रुपैयाँ थियो ।

यस्तै पुससम्म बैंकले ४९ अर्ब २२ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । गत आवको सोही अवधिमा बैंकको लगानी ३१ अर्ब रुपैयाँ थियो ।

 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411