नेपाल लाईफ र फरवार्ड माईक्रोफाईनान्सलाई शेयर फागुन १३ भित्रै बाँडफाँट गर्न निर्देशन

शुक्रबार, माघ २८, २०७३ साल,
काठमाडौं । बजारमा देखिएको तरलताको समस्यालाई दृष्टिगत गरीे हालसालै सार्वजनिक शेयर निष्काशन गर्ने कम्पनीलाई शेयरको छिटो बाँडफाँट गर्न धितोपत्र बोर्डले निर्देशन दिएको छ । वोर्डका प्रवक्ता निरज गिरीले निष्काशन तथा विक्री प्रबन्धकहरुलाई यस्तो निर्देशन दिएको बताएका छन् ।

हालसालै थप सार्बजनिक शेयर निष्काशन गरेको नेपाल लाईफ ईन्स्योरन्स कम्पनी लिको धितोपत्रको बाँडफाँट साविकको व्यवस्था अनुसार निष्काशन बन्द भएको मितिले ६० दिन भित्र गर्नुपर्नेमा बोर्डले दिएको निर्देशन अनुसार अब ४० दिन भित्रै गनुपर्नेछ । त्यस्तै प्रारम्भिक सार्वजनिक निष्काशन गरेको फरवार्ड कम्युनिटी माईक्रोफाइनान्स वित्तीय संस्था लि।को धितोपत्र बाँडफाँट विक्री बन्द भएको मितिले ५० दिन भित्र गर्नुपर्नेमा बोर्डले दिएको निर्देशन अनुसार अब ३० दिन भित्रै गर्नुपर्ने भएको छ । सिद्धार्थ क्यापिटल लि। र नविल इन्भेष्टमेण्ट बैंकिङ्ग लि। लाई पनि यस्तो निर्देशन दिइएको छ ।

यस व्यवस्थाले गर्दा ३ लाख ७ हजार भन्दा बढी लगानीकर्ताहरुले रु ५५ अर्ब भन्दा बढीको रकम छिटो फिर्ता भुक्तानी पाउनेछन् । यसबाट वित्तीय बजारमा देखिएको तरलताकोे समस्या समाधानमा सहयोग पुग्ने बोर्डले अपेक्षा गरेको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411