​नेप्से झण्डै २७ अंकले झरेर १३ सय अंक मुनि, साढे ५७ करोड रुपैयाँको शेयर किनबेच

बिहीवार, माघ २७, २०७३ साल,
काठमाडौं । बैंकहरुले सेयर कर्जा रोक्ने निर्णय गरेपछि सेयरबजारमा उच्च गिरावट आएपछि १३ सय अंकमुनी पुगेको छ । 

विहीबार नेप्से झण्डै २७ अंकले झरेको छ । बजार झरेपनि तीनवटा सामुहिक लगानीकोषको उच्च कारोबार भएपछि कारोबार रकममा भने बढोत्तरी आएको छ ।

 बैंकर्स संघले सेयरकर्जा लगायत अनुत्पादक क्षेत्रमा प्रवाहित गर्ने कर्जामा कडाई गर्ने भएपछि यसको प्रभाव विहीबारको सेयरबजारमा समेत देखिएको छ । विहीबार नेप्से २६.७५ अंकले घटेर १२९६.२३ अंकमा झरको छ । 

बजारमा कारोबारमा आएका सबै समूहमा गिरावट आएपछि बजार उच्च अंकले घटेको हो । यसदिन १३४ कम्पनीको ५७ करोड ६० लाख बराबरको सेयर किनबेच भएको छ ।

बजार निरन्तर ओरालो लाग्दा लगानीकर्ताको सम्पत्तिमा कमी आएको छ । यसदिन बजार पूँजीकरण १४ खर्ब ५८ अर्बमा झरेको छ । विहीबार मात्रै सेयरबजारबाट लगानीकर्ताले ३० अर्ब बराबरको नोक्सानी व्योहोरेका छन । अघिल्लो दिन समग्र बजार पूँजीकरण १४ खर्ब ८८ अर्ब रहेको थियो ।

विहीबार वीमा समुहको परिसुचक सवैभन्दा बढी २ सय २४ दशमलव १८ अंकले ओरालो लागेको छ । त्यस्तै जलविद्युत ३६ दशमलव ६३,बैंकिङ २६ दशमलव ८४,विकास बैंक १९ दशमलव ३८,होटल १३, फाइनान्स समुह ७ र अन्य समुहको परिसुचक ३ दशमलव ४७ अंकले घटेको छ ।

बिहीबारको सेयर कारोबारमा जम्मा ७ कम्पनीको सेयर मूल्य बढेको छ । सबैभन्दा बढी मेरो माइक्रो फाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले करिब ५ प्रतिशत कमाएका छन् । बजारमा कारोबार भएका कम्पनीमध्ये १२७ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ । सबैभन्दा बढी एभरेष्ट इन्स्योरेन्सको सेयर मूल्य १० प्रतिशतले घटेको छ । त्यस्तै, यूनाइटेड इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले ९ दशमलब २४ प्रतिशत गुमाएका छन् ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411