माछापुच्छ्रे बैंकको ६ महिनाको नाफा ५७ करोड ५३ लाख रुपैयाँ

बिहीवार, माघ २७, २०७३ साल,
काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनाम माछापुच्छ्रे बैंकको नाफा बढेको छ । गत पुससम्म बैंकले ५७ करोड ५३ लाख रुपैयाँ नाफा गरेको छ । गत आवको सोही अवधिमा बैंकले ४० करोड १३ लाख रुपैयाँ नाफा गरेको थियो । 

बैंकले बिहीबार सार्वजनिक गरेको चालु आवको अर्धवार्षिक वित्तीय विवरणअनुसार नाफा, निक्षेप र कर्जा लगानी बढेको देखाएको छ । बैंकको निस्क्रिय कर्जा अनुपात ०.३५ प्रतिशत छ । यस्तै कर्जा र निक्षेप अनुपात (सीडी रेसियो) ७९ प्रतिशत बढी छ । कर्जा र निक्षेपबीचको ब्याजदर अन्तर ४.६८ प्रतिशत छ । बैंकको प्रतिसेयर आम्दानी २४ रुपैयाँ ६६ पैसा छ । 

समीक्षा अवधिमा बैंकले ५८ अर्ब २४ करोड रुपैयाँ निक्षेप परिचालन गरेको छ । गत आवको सोही अवधिमा बैंकको निक्षेप परिचालन ४४ अर्ब ५४ करोड रुपैयाँ थियो । यस्तै बैंकको कर्जा लगानी पनि बढेको छ । गत पुससम्म बैंकले ५१ अर्ब ८५ करोड रुपैयाँ कर्जा लगानी गरेको जनाएको छ । 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411