​नेपाल लाइफको ३० प्रतिशत बोनस शेयर दिने बोनस प्रस्ताव, एफपिओका लगानीकर्ताले पनि पाउने

बिहीवार, माघ २७, २०७३ साल,
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले लगानीकर्तालाई ३० दशमलव ०८ प्रतिशत बोनस शेयर दिने भएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट उक्त लाभांश दिने भएको हो ।

कम्पनीले गत आर्थिक वर्षमा जारी गरेको एफपिओलाई समेत बोनस दिने प्रस्ताव नेप्सेमार्फत जानकारी दिएको छ । एफपिओलाई बोनस दिंदा बोनस २६ दशमलव ३१ प्रतिशत हुनेछ ।

कम्पनीले प्रस्ताव गरेको लाभांस नियामक निकाय बीमा समितिले स्वीकृत दिएपछि र कम्पनीको आगामी साधारणसभाबाट पारित भएपछि मात्रै लगानीकर्तालाई वितरण गरिने कम्पनीले जानकारी दिएको छ ।

कम्पनीले पुस २७ देखि माघ २ सम्म ४ अर्ब ४१ करोड रुपैयाँ बराबरको ३० लाख ९६ हजार ४९९ कित्ता एफपिओ जारी गरेको थियो जसमा २ लाख ४८ हजार ५० आवेदकबाट ५१ अर्ब ८८ करोड रुपैयाँ बराबरको आवेदन परेको थियो ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411