​कुमारी बैंकको ६ महिनाको मुनाफा २७ करोड ९३ लाख, ३३ प्रतिशतले वृद्धि

बिहीवार, माघ २७, २०७३ साल,
काठमाडौं, माघ २७ । कुमारी बैंकले दोस्रो त्रैमासमा खुद मुनाफा २७ करोड ९३ लाख रुपैयाँ कमाएको छ जुन गत बर्षको तुलनाभन्दा ३२ दशमलव ९० प्रतिशतले वृद्धि गरेको हो । अघिल्लो बर्षको सोही अवधिमा मुनाफा २१ करोड १ लाख रुपैयाँ कमाएको थियो ।

बैंकको निक्षेपमा १५ दशमलब ६८ प्रतिशतले वृद्धि गरी ३९ अर्ब ९४ करोड ६३ लाख रुपैयाँ संकलन गरेर कर्जामा ३३ अर्ब ६५ करोड ९८ लाख रुपैयाँ लगानी गरेको छ । 

बैंकको खुद व्याज आम्दानीमा १९ दशमलव ६१ प्रतिशतले बढेर ५५ करोड ५० लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा २१ दशमलव ६९ प्रतिशतले बढेर ३५ करोड ९३ लाख रुपैयाँ पुगेको छ । 

बैंकले प्रोभिजनमा ९ करोड ७८ लाख रुपैयाँ राखेको छ भने ७ करोड ५२ लाख रुपैयाँ खराब कर्जा उठाउन सफल भएको छ ।

कुमारी बैंकको प्रतिशेयर आम्दानी २७ दशमलव ९५ रुपैयाँ, मुल्य आम्दानीको अनुपात १९ दशमलव ९३ गुणा, प्रति शेयर नेटवर्थ रु १ सय ६० दशमलव ८९ रुपैयाँ र तरलता अनुपात २८ दशमलव ७४ प्रतिशत रहेको छ ।

बैंकको निस्कृय कर्जा १ दशमलव ४१ प्रतिशतले घटेर १ दशमलव १४ प्रतिशत रहेको छ भने जोखिम युत्त सम्पत्ति शुन्य ०३ प्रतिशतले घटेर ११ दशमलव ४७ प्रतिशत रहेको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411