नेप्से परिसूचक २१ अंकले ओर्लियो, साढे ३४ करोड रुपैयाँको शेयर कारोबार

बुद्धबार, माघ २६, २०७३ साल,
काठमाडौं । सेयर बजार बुधबार २१ अंकले झरेको छ। २१ दशमलव ६२ अंकले झरेपछि नेप्से १३ सय २२ अंकमा कायम भएको छ। यस दिन १ सय ३७ कम्पनीको ३४ करोड ५७ लाख रुपैयाँको सेयर किनबेच भयो।
 
बजारको पुँजीकरण १४ खर्ब ८८ अर्बमा झरेको छ। सबै समूहहरु ओर्लिएका छन्। जसमा बिमा १७९, बैंकिङ १८, होटल ४४, विकास बैंक २०, जलविद्युत २०, फाइनान्स ७ र अन्य समूह ९ अंकले ओर्लिका छन्।
 
यस दिन प्रभु बैंकको सबैभन्दा धेरै रकमको सेयर कारोबार भएको छ। कम्पनीको सेयर मूल्य उच्च दरले घटेपछि कम्पनीको सेयर किन्नेहरुको चाप देखिन्छ। साढे २ करोडको कारोबार भएको उसको बजार मूल्य भने झरेर प्रतिकित्ता २९७ मा कायम भएको छ।
 
त्यस्तै एभरेष्ट बैंकको २ करोड रुपैयाँको सेयर कारोबार भयो। स्टाण्डर्ड चार्टड, नेपाल लाइफ इन्स्योरेन्स, नेपाल इन्भेष्टमेन्ट बैंक पनि कारोबारका आधारमा उत्कृष्ट पाँचभित्र पर्न सफल भए।
 
महालक्ष्मी विकास बैंकको सेयर मूल्य सबैभन्दा धेरै ५.६ प्रतिशतले बढेको छ। सुर्य लाइफ इन्स्योरेन्सको मूल्य सबैभन्दा बढी ६.४ प्रतिशतले झरेको छ। लक्ष्मी लघुवित्त, लाइफ इन्स्योरेन्स कम्पनी, हिमालयन जनरल इन्स्यारेन्स कम्पनीको मूल्य ५ प्रतिशत बढीले घटेको छ। 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411